विश्वभर यसरी मनाइन्छ नयाँ वर्ष, झ्यालबाट पानी फाल्नेदेखि प्लेट फुटाउनेसम्म

काठमाडौं । शुक्रवारबाट अंग्रेजी नयाँ वर्षको २०२१ को सुरुवात हुँदैछ । हरेक मानिसहरु आ-आफ्नो तरिकाले नयाँ वर्षको स्वागत गर्छन् । नयाँ वर्षमा केही मानिसहरु नयाँ कामको लागि संकल्प गर्छन् भने कोही भने आउँदो दिन सफल र राम्रो होस् भनेर विभिन्न प्रकारका कामहरु गर्ने गर्छन् ।

विश्वभर नयाँ वर्षको सुरुवाती समयमा विभिन्न प्रकारका कामहरु गरिन्छ । यसले उनीहरुको आउदो दिन अझै सफल र सहज बनाउनको लागि सहयोग गर्ने मान्यता उनीहरुमा पाईन्छ ।

विश्वभर यसरी मनाइन्छ नयाँ वर्ष

नयाँ वर्षमा माछाको परिकार सहितको खाना

चीन सहित अन्य केही देशमा नयाँ वर्षको समयमा माछाको परिकार सहितको खाना खाने परम्परा छ । माछा जहिलेपनि अगाडीको बाटोमा मात्रै हिड्ने भएको कारण यसले प्रगतीको प्रतिनिधित्व गर्ने मान्यता पाईन्छ ।

अंगुर खाने परम्परा

यूरोपेली देश स्पेनमा १२ वटा अंगुर खाएर नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । रातको ठिक १२ बजेबाट हरेक घण्टा १/१ वटा गर्दै १२ घण्टासम्म अंगुर खाने परम्परा स्पेनमा छ । यसलाई नयाँ वर्षमा हुने प्रगतिको प्रतिनिधित्व गर्छ । हरेक अंगुरले हरेक एक महिनाको प्रतिनिधित्व गर्छ ।

किस गरेर

जर्मनी सहित अन्य केही देशमा रातको ठिक १२ बजे आफ्ना सबैभन्दा प्रिय मान्छेलाई किस गरेर नयाँ वर्षको स्वागत गरिन्छ । यसो गर्दा वर्षभरी नै माया प्रगाढ हुने मान्यता छ ।

कुर्चीबाट हाम फाल्ने

डेनमार्कको मानिसहरु नयाँ वर्षको स्वागतको लागि केही समयअघि कुर्चीमा बस्छन् र रातको ठिक १२ बजे कुर्चीबाट भुईँमा हाम फाल्ने गरिन्छ । यो गर्दा राम्रा दिन आउने र नराम्रा दिनहरु टाढा जाने मान्यता छ ।

प्लेट फुटाउने

डेनमार्कमा प्लेट फुटाएर नयाँ वर्षको स्वागत गरिन्छ । यहाँका मानिसहरु आफ्नो परिवार साथीको घरको ढोकामा प्लेट फुटाउछन् । नयाँ वर्षको भोलिपल्ट जसको घरको दैलोमा धेरै प्लेट फुटेको हुन्छ त्यसैलाई सबैभन्दा धेरै भाग्यमानी मानिन्छ ।

झ्यालबाट बाहिर पानी फाल्ने

प्यूटोरिकोमा झ्यालबाट बाहिर पानी फाल्नु नयाँ वर्षको लागि सबैभन्दा शुभ मानिन्छ । यस्तो गर्दा नराम्रा दिनहरु टाढा जाने र राम्रो समचार र कामहरु आउने मान्यता यहाँका मानिसहरुमा छ ।

सेतो कपडा लगाउने

ब्राजिलका मानिसहरु सेतो कपडा लगाएर नयाँ वर्षको सुरुवात गर्छन् । यस्तो गर्दा शान्ति कायम रहने र र वर्षभरी राम्रो समाचार प्राप्त हुने यहाँको मान्यता छ ।

ढोका र झ्याल खुला राख्ने

फिलिपिन्सका मानिसहरुले नयाँ वर्षको दिन आफ्नो घरको ढोका र झ्याल खुला राख्छन् । यसो गर्दा पुराना दिनका नराम्रा पक्षहरु जाने र नयाँ दिनमा राम्रा पक्षहरु घरभित्र प्रवेश गर्ने यहाँका मानिसहरुको मान्यता त । ९एजेन्सीको सहयोगमा०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here