शेयर बजारः नेप्से २५ अंकले बढ्दा ५ अर्ब ७० करोडको करोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २५.२१ अंकले बढेर २ हजार ८७.२७ अंकमा पुगेको छ । यो संख्या बुधवारको तुलनामा १.२२ प्रतिशत बढी हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ७.४० अंकले बढेर ३ सय ९८.७० अंकमा पुगेको छ ।

बिहिवार निर्जिवन बिमा बाहेक अन्य सबे समुहको सूचक बढ्यो । निर्जिवन बिमाको सूचक १.०१ प्रतिशत घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ८.८९ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको १.९७ प्रतिशत, अन्य समुहको १.४५ प्रतिशत बढ्यो ।

बुधवारको तुलनामा आज कारोबार रकममा भने सुधार आएको छ । आज २ सय ७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, एभरेष्ट बैंकको ६.६७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ३.७८ प्रतिशत घट्यो ।

बिहिवार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टीलरीले गर्यो । हिमालयनले ४६ करोड ८८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here