प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ४०० रुपैयाँ बढेको छ ।

बिहिवार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ४०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् । शुक्रवार चाँदीको कारोबार मूल्य १३ सय रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here