प्रभु लाइफको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर आइतबारबाट कारोबारमा आउने भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकुत भएसंगै इन्स्योरेन्सको शेयर आइतबारबाट कारोबारमा आउने पक्का भएको हो ।

प्रतिशेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले तोके अनुसार कम्पनीको शेयरको ओपनिङ रेन्ज प्रतिकित्ता रु. १०९.५६ देखि रु. ३२८.६८ रहेको छ ।

गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्सले ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here