साताको शेयर बजार: कारोबार रकममा गिरावट, परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, १७ पुस । धितोपत्र बजारमा यस साता २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँको कारोबार भएको छ ।

यो कारोवार रकम गत साताको तुलनामा कम हो । गत साता ३४ अर्ब ७१ करोड ९० लाख ३८ हजार ५० रुपैयाँको कारोबार भएको थियो ।

यसै साता शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २०८७ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

यसअघि मंसिर १७ गते इतिहासकै उच्च २०७१ विन्दुको रेकर्ड बनाएको थियो । यस साताको पहिलो दिन करिब ४० अंकले घटेको बजार त्यस यताका ४ दिनमा करिब ८८ अंकले बढेको हो ।

यो साता दुई सय १४ वटा कम्पनीहरुको दुई लाख सात हजार तीन सय २४ पटकको कारोवारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर किनबेच भएका छन् ।

गत साता भने नेप्सेमा दुई सय पाँच वटा कम्पनीहरुको दुई लाख ९९ हजार नौ सय चार पटकको कारोवारमा छ करोड ११ लाख ३८ हजार छ सय ८८ कित्ता सेयर किनबेच भएको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल पुर्नबीमा कम्पनी लगायतका कम्पनीहरु परेका छन्

पूँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साता पहिलो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन नेप्से ३९ दसमलव ९८ अंकले घटेर १९ सय ९८ दसमलव ६५ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव ३३ अंकले घटेर तीन सय ८१ दसमलव ४३ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से आठ दसमलव ५७ अंकले बढेर दुई हजार सात दसमलव २९ अंकमा चढ्दा सेन्सिटिभ पनि एक दसमलव १४ अंकले बढेर तीन सय ८२ दसमलव ५७ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से पाँच दसमलव ५७ अंकले बढेर दुई हजार १२ दसमलव ८९ अंकमा पुगेकोमा सेन्सिटिभ भने शुन्य दसमलव १३ अंकले घटेर तीन सय ९१ दसमलव ७४ अंकमा पुगेको थियो ।

चौथो दिन नेप्से ४९ दसमलव १७ अंकले बढेर दुई हजार ६२ दसमलव छ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव ८६ अंकले बढेर तीन सय ९१ दसमलव ३० अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिन पनि नेप्से २५ दसमलव २१ अंकले बढेर दुई हजार ८७ दसमलव २७ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव चार अंकले बढेर तीन सय ९८ दसमलव ७० अंकमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here