परिवारमा ९ जना भएका उम्मेदवारको ५ भोट मात्रै, अन्तवार्तामै रोए

काठमाडाैं । छिमेकी देश भारतमा लोकसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका ५४३ सिटमध्ये ५४२ को अन्तिम मतपरिणाम आइसकेको छ ।

जसमा भाजपा नेतृत्वको एनडिएले ३५० सिटमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै भारतीय कांग्रेस नेतृत्वको युपीए गठबन्धनले ८५ सिटमात्रै प्राप्त गरेको छ । अन्य दलले ९२ सिट ल्याएका छन् भने बहुजन समाज र समाजबादी पार्टीको महागठबन्धनले १५ सिटमा विजय हासिल गरेका छन् ।

नरेन्द्र मोदीले फेरी पनि प्रधानमन्त्रीको रुपमा सरकार चलाउने करीब निश्चित भएको छ । निर्वाचनमा विभिन्न अप्रत्याशित नतिजाहरु पनि आएका छन् जसले सबैलाई अचम्मित बनाएका छन् ।

निर्वाचन परिणामलाई लिएर पन्जावका एक उम्मेद्वार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

नितु सटर्नवाला नामका ती उम्मेद्वारले पञ्जाबका जालन्धरबाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनी भन्छन, ‘धेरैले मलाई भोट दिएको बताएका थिए तर कसरी यति थोरै मात्रै आयो ।’

उनले पाँच भोटमात्रै प्राप्त गरेपछि एक टिभी पत्रकारले उनको अन्तवार्ता लिन्छन् । अन्तवार्ताको क्रममा उनी रुँदै भन्छन्, ‘मेरो घरमा ९ जना छन् तर, ५ भोट मात्रै कसरी आयो पक्कै मेसिनमा बेइमानी भएको छ ।’

पत्रकारले फेरी सोध्छन्, ‘तपाईंलाई के लाग्छ ? के भन्न चाहनुहुन्छ ?’

सर्टनवाला भन्छन्, ‘म अब कहिल्यै पनि निर्वाचनमा भाग लिन्न । यस्तो परिणाम आँउछ भने के काम । मैले धेरै दुखले चुनाव लडेको थिँए ।’

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उनी अन्तवार्तामै रोएको भिडियो बाहिरिएपछि उनी चर्चित भएका छन् । कतिपयले उनको मजाक समेत उडाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here