सिटिजन्स लाइफको आइपीओ आउँदै, यस्तो पायो रेटिङ

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर (आइपीओ) निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।

निकट भविष्यमै सर्वसाधरणमा ७५ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गर्न लागेको सिटिजन्स लाइफ इन्स्योरेन्सले रेटिङ सम्पन्न गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एपी आइआर बीबीबी माइनस’ (ट्रिपल बी माइनस) रेटिङ दिएको छ । तर कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा आवेदन भने दिइसकेको छैन ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ भने वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि कम्पनीले साधरण सभाबाट प्रस्ताप पारित गरिसकेको छ भने धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाइएको छ ।

हाल सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब न्यूनतम ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम पनि चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here