प्रभु लाइफको शेयर कारोबार आजदेखि: यस्तो छ ओपनिङ रेन्ज, कति पुग्ला मूल्य ?

काठमाडौं, १९ पुस । प्रभु लाइफ इन्स्योरेन्सको शेयर आइतबारबाट कारोबारमा आउने भएको छ ।

शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएसंगै आजदेखि कारोारमा आउन लागेको हो ।

आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ ।

यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्थात् ३ सय २८ रुपैयाँमै हुनसक्ने सम्भावना छ ।

मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्सले ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

हालसम्म सूचीकरण भएका जीवनबीमा कम्पनीमध्ये सबैभन्दा कम मूल्य रिलायन्स लाइफ इन्स्योरेन्सको ६ सय १ रुपैयाँ र सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २ सय ९५ रुपैयाँ छ ।

रिलायन्स लाइफ नयाँ जीवनबीमा कम्पनी रहेकोले प्रभु लाइफ इन्स्योरेन्सको मूल्य पनि सोही कम्पनीको बजारमूल्यसँग तुलना गर्न मिल्ने बजारका जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here