विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १९ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ १० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here