शेयर बजारले रच्यो नयाँ कीर्तिमान, परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं, १९ पुस । शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार उकालो लागेको बजारले २१६६ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

कारोबार समय अझै आधा घण्टा बाँकी रहँदा नेप्से उच्च विन्दुमा पुगेको हो । यस अघि नेप्से १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

मंसिर १७ गते इतिहासकै उच्च २०७१ विन्दुको रेकर्ड बनाएको थियो । अहिले यो समाचार तयार पार्दासम्म पनि परिसूचक ७९.११ अंकको बढेर २१६६.३९ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here