प्रभु इन्स्योरेन्सको शेयर किन्नेको लर्को, बेच्ने शून्य

काठमाडौं । शुक्रबारबाट नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भई दोस्रो बजारमा आजबाट कारोबार सुरु गरेको प्रभु लाइफ इन्स्योरेन्सको शेयर किन्नेको ठूलो लर्को देखिएको छ ।

अहिलेसम्म प्रभु लाइफको शेयर ११ हजार ४ सय १ जनाले माग गरेका भएपनि बिक्रेता भने एकजना पनि देखिएका छैनन् ।

प्रतिकित्ता १ सय ३७ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य अहिलेसम्म ४ रुपैयाँ बढ्दै प्रतिकित्ता १ सय ४१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा कम्पनीको २ करोड कित्ता सेयर सुचिकृत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here