शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ८८ अंकले बढ्दा ६ अर्ब ३४ करोडको कारोबार

काठमाडौं, १९ पुस । अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्सले गत गत विहिवार बनाएको २ हजार ८७.२७ अंकको रेकर्ड तोड्दै आजपनि नयाँ रेकर्ड बनाएको हो ।

आज नेप्से परिसूचक ८८.१२ अंकले बढेर २ हजार १ सय ७५.३९ अंकमा पुगेर कारोबार बन्द भएसंगै शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स १७.१८ अंकले बढेर ४ सय १५.८८ अंकमा पुगेसंगै इन्डेक्स पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक सबैभन्दा धेरै बढ्यो । ट्रेडिङ सूचक ९.६४ प्रतिशत बढ्यो ।

त्यस्तै, अन्य समुहको ६.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ४.८६ प्रतिशत, जीवन बिमा समुहको ४.०९ प्रतिशत बढ्यो भने अन्स समुहको पनि राम्रै अंकले बढ्यो ।

कारोबार भएको अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज २१२ कम्पनीको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै हिमालयन डिस्टीलरी र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । दुवैको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९.९७ प्रतिशत, प्राईम कमर्सियm बैंकको ९.८६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिडी विद्युत कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ४.२९ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ५० करोड ९५ लाख ७५ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, प्राईम बैंकले ५० करोड २६ लाख २ हजारको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here