शेयर बजार २२०० बिन्दु माथि , पुनर्बीमाको शेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँ बढ्यो

काठमाडौं । शेयर बजारले २२०० को बिन्दु पार गरेको छ । साताको पहिलो दिन नै ८८ अंकले बढेको शेयर बजार आज दोस्रो दिन अहिलेसम्म थप २८.५९ अंकले बढ्दै २२०० को बिन्दु पार गरेको हो ।

अहिलेसम्म नेप्से परिसूचक २८.५९ अंकले बढेर २२०३.९८ अंकमा पुगेको छ । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.०५ अंकले बढेर ४२०.९३ अंकमा पुगेको छ ।

अहिलेसम्म १ कम्पनीको ६४ कम्पनीको १३ लाख ९३ हजार ३६२ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

अहिलेसम्म नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ११२ रुपैयाँले बढ्दै प्रतिकित्ता १५९० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here