शेयर बजारः नेप्से साढे ६ अंकले घट्दा ६ अर्बको कारोबार

काठमाडौं । कारोबारको राम्रो सुरुवात गरेको शेयर बजार कारोबार बन्द हुने समयमा भने घटेको छ । आज नेप्से परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ अंकमा झरेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.७३ अंकले घटेर ४१५.१५ अंकमा झर्यो ।

आज कारोबारमा आएका मध्ये विकास बैंक, विद्युत, फाइनान्स, निर्जीवन बीमा र अन्य बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक बढ्यो । फाइनान्सको सूचक ०.६४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ०.५५ प्रतिशत, निर्जीवन बीमाको ०.५४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधनको १.७६ प्रतिशत घट्यो । त्यस्तै, बैकिङ्ग समुहको ०.६८ प्रतिशत, जीवन बीमा समुहको ०.५४ प्रतिशत घट्यो ।

सोमबार २ सय २ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४ सय २९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १ सय २२ रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, किशान लघुवित्तको ९.५० प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा नेशनल लघुवित्तका शेयर धनी छन् । लघुवित्तको शेयर मूल्य ५.८४ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीले गर्यो । कम्पनीले ४६ करोड ८ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here