यी हुन साताका प्रमुख १० कम्पनी, जसको बजार हिस्सा साढे ५२ प्रतिशत छ

काठमाडौं ११, जेठ । यो साता सेयर कारोबार भएका प्रमुख १० कम्पनीमध्ये नेपाल बैंक सबैभन्दा अघि छ । यो साता नेपाल बैंकको मात्र ६७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत साता शिवम सिमेन्टको मात्र ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो साता यो कम्पनी दोस्रोमा परेको छ । सातामा यो कम्पनीको ६१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ ।

साताका प्रमुख १० कम्पनीमा ४ वटा वाणिज्य बैंक, ३ वटा जलविद्युत र दुईटा उत्पादनमुलक तथा अर्को अन्य क्षेत्रको नेपाल दुरसंचार कम्पनी छ । जसमध्ये सबैभन्दा पहिलो नम्बरमा नेपाल बैंक, दोस्रोमा शिवम् सिमेन्ट, तेस्रोमा अपर तामाकोशी, चौथोमा हिमालय डिष्ट्रिलरी, पाँचौमा बुटवल पावर कम्पनी, छैठौंमा कृषि विकास बैंक, सातौमा प्राइम बैंक, आठौंमा सानीमाई हाइड्रो, नवौमा नेपाल दुरसंचार कम्पनी र दशौंमा प्रभु बैंक छ ।

साताको कुल कारोबारमा यी १० कम्पनीको हिस्सा करिब ५२.५३ प्रतिशत छ । सातामा कुल २ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता प्रमुख १० कम्पनीको मात्र ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार भएको सेयर संख्याका आधारमा नेपाल बैंक सबैभन्दा अघि छ । सातामा यो कम्पनीको २ हजार ११ कित्ता सेयर कारोबार भएको छ । त्यसपछि अपर तामाकोशीको १ हजार ३४ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here