नेपाली सेनामा जागिरको अवसर, माघ २१ गतेभित्र आवेदन दिन सकिने

काठमाडौं, २१ पुस । नेपाली सेनाका विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।

सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here