भारतमा मात्र ८९९ भारुमा हवाई यात्रा

१२ जेठ, मुम्बई । भारतको गोएयरले टिकट दरमा भारी कटौती गरी सेल अफर सार्वजनिक गरेको छ ।

यस कम्पनीबाट भारतका विभिन्न शहरमा यात्रा गर्दा अब न्यूनतम भारु ८९९ मै टिकट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सेल अफरका लागि सोमबारदेखि बुधबारसम्म टिकट बुक गरिसक्नु पर्नेछ ।

गो एयरले १० लाख सीट सेलका माभ्यमबाट बिक्रिमा राखेको छ । भारतमा पछिल्लो समय हवाई यात्रा महंगो बन्दै गएका समयमा गो एयरले आक्रामक व्यापार रणनीति लिएको हो ।

यस तीन दिनको अवधिमा किनिएका टिकट आगामी १५ जुनदेखि ३१ डिसेम्बर अर्थातः सन् २०१९ भित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीले उल्लेख गरेको छ ।

गो एयरका प्रवन्ध निर्देशक जे वाडियाले सस्तो टिकेटको सेल गर्न लागिएको जानकारी दिए । गोएयरले सस्तो टिकट दरसहित अन्य विभिन्न अफर पनि सार्वजनिक गरेको छ ।

कम्तिमा २४९९ भारु पर्ने टिकट र सो भन्दा माथिको टिकट पेटीएमबाट खरीद गरे ५ सय रुपैयाँ फिर्ता गर्ने घोषणा पनि गो एयरले गरेको छ ।

मुम्बईको बजेट एयरलाइन्स गो एयरले देश भित्र २४ गन्तब्य र बाहिर ४ रुटमा उडान गर्छ । कम्पनीले दैनिक २ सय ७० वटासम्म उडान गर्छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here