नेप्से साढे ३ अंकले घट्दा साढे ४ अर्बको कारोबार, शिखर इन्स्योरेन्सको मात्रै ६९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २ हजार १ सय ६५.४९ अंकमा झरेको छ ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो सेन्सेटिभ इन्डेक्स १.४७ अंकले घटेर ४ सय १३.६८ अंकमा झर्यो ।

मंगलवार कारोबारमा आएका मध्ये विद्युत, निर्जीवन बिमा र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै विद्युत समुहको सूचक बढ्यो । विद्युतको सूचक ३.१२ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमाको ०.५९ प्रतिशत, विकास बैंकको ०.१३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा ट्रेडिङ समुह रहेको छ । ट्रेडिङको सूचक ५.८२ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.०९ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै जनउत्थान लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.८७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङका शेयर धनी छन् कम्पनीको शेयर मूल्य ६.१२ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार शिखर इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ६९ करोड ६ लाख ८७ हजारको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here