उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

काठमाडौं, २१ पुस । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो।

मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।

समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण बिँडारी समेत थिए। माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ।

न्यौपानेसँग चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थामा महाप्रबन्धकको रुपमा दुई दशक लामो समय काम गरेको अनुभव छ।

उदयपुर सिमेन्टमा न्यौपानेको कार्यकाल ४ बर्षको रहनेछ। सुरेन्द्र कुमार पौडेल २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उदयपुर सिमेन्टमा उक्त पद खाली थियो।

उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here