यी स्थानमा दिउँसो १ बजेदेखि विद्युत कटौती हुने

ललितपुर, २२ पुस । नेपाल विद्युत् प्राधिकरणले बुधबार ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here