सिँगटी हाइड्रोको आइपीओ आउँदै, बोर्डले दियो निष्काशन अनुमति

काठमाडौं, २२ पुस । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ ।

बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

स्थानीय र सर्वसाधारणलाई गरी कम्पनीले अंकित मूल्य एक सय रुपैयाँदरका ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राख्नेछ ।

सिँगटी हाइड्रोले जलविद्युत आयोजना प्रभावित क्षेत्र दोलखाका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्नेछ । अनुमति पाएसँगै कम्पनीको शेयर ढिलोमा दुई महिनाभित्र सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिँगटी हाइड्रो इनर्जी आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

सिँगटी हाइड्रो इनर्जीले निर्माण गरिरहेको दोलखा कालिञ्चोक र विगु गाउँपालिका समेत भएर बहने सिँगटी खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको जलविद्युत् ‘सुपर सिक्स’ नामले परिचित छ वटा आयोजनामध्येको एक आयोजना हो ।

कर्जा लगानी गर्ने बैंकमा सिभिल बैंकको अगुवाइमा सेञ्चुरी, प्रभु, सिद्धार्थ, मेघा, लुम्बिनी विकास, महालक्ष्मी विकास, कुमारी, जनता र देव विकास बैंक छन् । हाल आयोजनाको लागत पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here