नेप्से १३ अंकले बढ्दा साढे ४ अर्बको कारोबार, प्रभु लाइफको मूल्य साढे ९ प्रतिशत बढ्यो

काठमाडौं । बुधवार नेप्से परिसूचक १३.०७ अंकले बढेर २ हजार १ सय ७८.५७ अंकमा पुगेको छ । यो संख्या मंगलवारको तुलनामा ०.६० प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ४.४५ प्रतिशत बढ्दै ४ सय १८.१४ अंकमा पुग्यो ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ र विद्युत बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ०.८९ प्रतिशत घट्यो भने विद्युतको सूचक ०.७६ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक १.६८ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बीमाको १.१५ प्रतिशत, विकास बैंकको १.०५ प्रतिशत बढ्यो ।

आज २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै कालिका विकास बैंकका शेयर धनीले कमाए । बैंकको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, जनउत्थान लघुवित्तको ९.९९ प्रतिशत बढ्यो ।

बुधबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.४९ प्रतिशत बढ्यो । इन्स्योरेन्सको शेयर मूल्य आज १५ रुपैयाँ बढ्दै प्रतिकित्ता १७३ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोका शेयर धनी छन् । हाइड्रोपावरको शेयर मूल्य ५.१३ प्रतिशत घट्यो ।

आज सबैभज्ला धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले २१ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here