काठमाडौं, २२ पुस । भारतले भूकम्पले भत्किएका विद्यालयहरूको पुनर्निर्माणको लागि ३ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
भारतीय दूतावासका उपप्रमुखले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई उक्त रकम हस्तान्तरण गरेकी हुन ।
भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० लाख अमेरिकी डलरको प्रतिबद्धता गरेको छ।