महिन्द्राकाे ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा, पाइन् विद्युतीय कार

काठमाडौँ १२ जेठ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै इटुओ गाडीको चाबी खतिवडालाई प्रदान गरे । इटुओ गाडी वातावरण मैत्री विधुतीय गाडी हो ।

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पुर्व मिस नेपाल खतिवडाले हर्षित हुदै आफु निकै खुसी भएको कुरा संचारकर्मीहरु माझ ब्यक्त गरिन ।

आफुलाई विधुतिय गाडी धेरै बर्ष अघि देखि मन परेको बताएकी खतिवडाले एम्बेसडर घोषणा हुदै इटुओ गाडी प्रदान गर्नु भएकोमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा तथा समस्त अग्नि ग्रुप परिवारलाई धन्यवाद व्यक्त ।

२५ जनालाई उदय छात्रवृत्ति प्रदान

अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिक-अप ग्राहकहरुका एसइइ दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजार रुपैयाका दरले पुरस्कार रकम तथा प्रसंशा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रुपमा प्रदान गरे ।

कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गा प्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here