चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं, २४ पुस । चन्द्रागिरी हिल्सले प्राथमिक सेयर (आइपीओ) खुल्ला गरेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आइपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आइपीओ विक्री खुला गरेको हो ।

कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

कुल कित्तामध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्कासन गरेको हो ।

यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ ।

कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् । कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ। सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here