निर्माण र पूर्वाधार क्षेत्रका उत्कृष्ट कम्पनी र आयोजनालाई ‘नाइस अवार्ड’

काठमाडौं, १२ जेठ । कन्ट्रक्सन टाइम्सले निर्माण व्यावसायी महासंघ नेपालको सहकार्यमा नेपाल इन्फ्रास्ट्रक्चर एण्ड कन्स्ट्रक्सन एक्सेलेन्स (नाइस) अवार्ड प्रदान गरेको छ ।

नेपालमा भएका उत्कृष्ट निर्माण र पूर्वाधारका परियोजनाहरुलाई पहिचान गरेर पुरस्कृत गर्ने उदेश्यले अवार्ड प्रदान गरेको आयोजकले बताएको छ ।

शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न अवार्ड वितरण समारोहमा अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले देशको विकासको लागि निर्माण क्षेत्र उत्कृष्ट हुनु अत्यावश्यक भएको बताए ।

‘प्रतिस्पर्धी निर्माण क्षेत्र बिना विकासको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’

त्यस्तै कन्स्ट्रक्सन टाइम्सका प्रधानसम्पादक रामामुर्ती नारायणले नेपालको पूर्वाधानर र निर्माण क्षेत्रको गति बढाएको भन्दै सरकारको प्रशंसा गरे ।

निर्माण व्यावसायी महासंघ नेपालका अध्यक्ष रवि सिंहले अवार्ड कार्यक्रमले पुरस्कृत हुनेहरुलाई मात्रै नभई निर्माण क्षेत्रका सबै व्यक्ति र संस्थालाई हौसला दिने बताए ।

क कसले पाए अवार्ड ?

अवार्ड विभिन्न २१ विद्यामा प्रदान गरिएको थियो । जसमा ‘कन्स्ट्रक्सन कम्पनी अफ दी इयर’को अवार्ड रमण कन्स्ट्रक्सनले हात पार्यो ।

त्यस्तै इमर्जिङ कन्स्ट्रक्सनको अवार्ड तुँदी कन्सट्रक्सनले प्राप्त गर्दा कालिका कन्स्ट्रक्सनले फास्टेस्ट ग्रोइङ कन्सट्रक्सनको अवार्ड पायो ।

‘सीइओ अफ दी इयर’ चिलिमे जलविद्युत कम्पनीका सीइओ माधव प्रसाद कोइरालाले प्राप्त गरे । ‘योङ आन्टरप्रेनर अफ दी इयर’ रमण कन्स्ट्रक्सनका रमण महतो बन्न सफल भए ।

इमर्जिङ आन्टरप्रेनरको अवार्ड आशिस निर्माण सेवाका निर्माण गौलीले प्राप्त गरे ।

निर्माण र पूर्वाधारको क्षेत्रमा विशिष्ट पुर्याए बापत कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई आउटस्ट्याण्डिङ अवार्ड दिइयो भने लाइफ टामइम अचिभमेन्ट अवार्ड लामा कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक जिपछिरिङ लामालाई दिइयो ।

उत्कृष्ट जलविद्युत आयोजनाको रुपमा तल्लो सोलु जलविद्युतका लागि पटेल इन्जिनियरिङले अवार्ड प्राप्त गर्यो ।

त्यस्तै उत्कृष्ट निर्माणाधिन जलविद्युत आयोजनाको अवार्ड उपल्लो सान्जेन निर्माण गरिरहेको साञ्जेन जलविद्युत कम्पनीले प्राप्त गर्यो ।

त्यस्तै उत्कृष्ट सडक आयोजनाको अवार्ड मुग्लिन नारायणगढ सडक आयोजनाको लागि लामा कन्स्ट्रक्सनले प्राप्त गर्दा उत्कृष्ट पुलको अवार्ड जलप नेपालले पायो भने उत्कृष्ट प्रशारण लाइन ढल्केबर बिर्तामोड प्रशारण लाइनले पायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here