साताको शेयर बजारः परिसूचकले रेकर्ड बनाउदा कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २४ पुस । धितोपत्र बजारको परिसूचकमा यो साता नयाँ रेकर्ड कामम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १ सय ९४.४९ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भयो ।

अघिल्लो साताको तुलनामा यो साता कारोबार रकममा पनि वृद्धि भयो । अघिल्लो साता २२ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा यो साता कुल २७ अर्ब १७ करोडको कारोबार भयो ।

यो साता दुई सय १५ वटा कम्पनीहरुको ५ करोड ८७ लाख ८२ हजार कित्ता शेयर कारोबार भयो । यो साता सबैभन्दा धेरै कारोवार गर्ने कम्पनीहरुको सुचीमा क्रमश नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, शिखर इन्स्योरेन्स आदी परे । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता प्रभु बैंक, प्राईम बैंक, सिटिजन बैंक, कुमारी बैंक आदी छन् ।

पूँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साताको पहिलो नेप्से परिसूचक २१७५.४ अंकमा पुगेर कारोबार बन्द भएको शेयर बवारको सेन्सेटिभ भने ४१५.८९ अंकमा कारोबार बन्द भएको थियो ।

दोस्रो दिन भने नेप्से ६.४ अंकले घटेर २१६९ अंकमा झर्यो । सेन्सिटिभ पनि ०.७४ अंकले घटेर ४१५.५९ अंकमा झर्यो ।

तेस्रो दिनपनि नेप्से ३.५ अंकले घटेर २१६५.५० अंकमा झर्यो । त्यो दिन सेन्सिटिभ पनि १.४७ अंकले घटेर ४ सय १३.६८ अंका झर्यो ।

चौथो दिन भने शेयर बजार उकालो लाग्यो । त्यो दिन नेप्से १३.१ अंकले बढेर २१७८.६ अंकमा पुग्दा सेन्सिटिभ पनि ४.४५ अंकले बढेर ४१८.१४ अंका पुग्यो ।

अन्तिम कारोवार दिन बिहीबार पनि नेप्से १५.९ अंकले बढेर २१९४.५० अंकमा पुग्दा सेन्सिटिभ पनि ३.०८ अंकले बढेर ४२१.२२ अंकमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here