सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने

काठमाडौं, २५ पुस । यस वर्ष चीनको आर्थिक वृद्धि ७.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

कोभिड १९ को संकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको हो ।

आईएमएफले गरेको पूर्वानुमान यस पहिले गरेको प्रक्षेपण (८.२ प्रतिशत) भन्दा सामान्य कम अर्थात् ७.९ प्रतिशत रहने जनाएको छ ।

कोरोनाभाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये विश्वव्यापी महामारीबीच पनि आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र मुलुक बनेको छ ।

गत वर्ष पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदरमा समस्या देखिएको भएपनि विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भई उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो ।

आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भएपनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको छ ।

आइएमएफले २०२० को लागि तय गरेको विश्वको एक दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here