काठमाडौंका यी ठाउँमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, २५ पुस । काठमाडौका विभिन्न ठाउँमा शनिबार बिजुली जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि बिद्युत कटौती गर्नुपरेको भन्दै सूचना निकालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here