५ करोड ३८ लाख कित्ता आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं, २६ पुस । शेयर बजारमा सूचीकृत हुन तयार ५ अर्ब ३९ करोड १४ लाख ३७ हजार ७२० रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा ९ ओटा जलविद्युत कम्पनी, एक बीमा कम्पनी र छ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् ।

ती कम्पनीबाट ५ करोड ३८ लाख ३२ हजार ८३६ कित्ताआइपीओ निष्कासन हुनेछ । सबैभन्दा बढी आइपीओ मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको रहेको छ ।

मध्य भोटेकोशीको १ करोड ५० कित्ता अर्थात १ अर्ब ५० करोड बराबरको आइपीओ पाइप लाइनमा रहेका छ । यस्तै सबैभन्दा कम सीबीआईएल क्यापिटलको रहेको छ । सीबीआईएल क्यापिटल लिमिटेडमा ३ लाख शेयर कित्ता अर्थात रु ३ करोड बराबरको आइपीओ पाइप लाइनमा रहेको छ ।

धेरै नै चर्चामा रहेको अर्को कम्पनी भनेको डिस मिडिया नेटवर्क पनि हो । डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बोर्डको पाइप लाइनमा छ ।

बीमा कम्पनीतर्फ ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता बोर्डको पाइपलाइनमा छ । माइक्रोफाइनान्सतर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता छ ।

पछिल्लो समयमा सेयर बजारमा आएको उछालसँगै कम्पनीहरुको आईपीओमा पनि लगानीकर्ताको ध्यान धेरै नै जान थालेको छ । अहिले जलविद्युत कम्पनीको पनि सेयर मूल्य बढदा आईपीओ आएका जलविद्युत कम्पनीको पनि मागभन्दा बढी नै आवेदन पर्न थालेको छ ।

जसले गर्दा पाइपलाइनमा रहेका कम्पनीहरु पनि लगानीकर्ताको प्रतिक्षामा रहेका छन् । अनुमति पाएका मध्ये आधादर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने दुई कम्पनीले अर्को साता जारी गर्दैछन् ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख कित्ता आइपीओ विक्री गर्नेछ ।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आइपीओ जारी गर्दैछ । माघ २ गतेदेखि बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको छ । आइपीओ भर्ने सबैले सेयर पाउने पक्का छ ।

कुन कम्पनीको कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here