काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । कारोबार सुरु भएको केही समयबाट नै बढ्न थालेको बजार अहिलेसम्म ३६.६० अंकले बढेर २ हजार २ सय ३१.०८ अंकमा पुगेको छ । यो अंक अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि अहिलेसम्म ६.०१ अंकले बढेर ४ सय २७.२२ अंकमा पुगेको छ ।
अहिलेसम्म २ सय १ कम्पनीको ४९ लाख ८५ हजार ९ सय ९२ कित्ता शेयर बिनबेच हुँदा २ अर्ब २३ करोडको कारोबार भएको छ ।
अहिलेसम्म प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १२ रुपैयाँ बढेर प्रतिकित्ता २०२ रुपैयाँ पुगेको छ ।