प्रभु लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता १९ रुपैयाँ बढ्यो मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आज प्रभु लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

अघिल्लो आइतबारबाट कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता १९ रुपैयाँ बढ्दै पोजेटिभ सर्किट लागेको हो । अहिले कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ पुगेको छ ।

शेयर बजार अहिलेसम्म ३५.२९ अंकले बढेर २ हजार २ सय २९.७८ अंकमा पुगेको छ ।

अहिलेसम्म २ सय ३ कम्पनीको ७९ लाख ८२ हजार १ सय ८२ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४५ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here