बैंकिङ क्षेत्र चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब ३२ करोडको कारोबार

काठमाडौं, २६ पुस । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा पुगेको छ । यो संख्या शेयर बजारको अहिलेसम्मको उच्च हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भयो । आज इन्डेक्स ७.२१ अंकले बढेर ४ सय २८.४३ अंकमा पुग्यो । यो अहिलेसम्मकै उच्च संख्या हो ।

आज जीवन बीमा बाहेक अन्य सबै समुहको सूचक बढ्यो । जीवन बीमाको सूचक ०.१२ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै विकास बैंकको शेयर बढ्यो । विकास बैंकको शेयर ३.९८ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्गको ३.५९ प्रतिशत, ट्रेडिङको ३.१७ प्रतिशत बढ्यो ।

आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ६६ लाखको कारोबार भयो ।

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.९७ प्रतिशत, कुमारी बैंकको ९.८९ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ४० करोड २९ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here