शेयर बजारको पुँजीकरणमा नयाँ रेकर्ड, पुँजीकरण ३० खर्ब नाघ्यो

काठमाडौं, २६ पुस । साताको पहिलो कारोबार दिन आज शेयर बजार ४१ अंकले बढेसंगै बजारको पुँजीकरणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो समय निरन्तर रेकर्ड बन्दै आएको शेयर बजारको आकार आइतबार ३० खर्ब ११ अर्ब ४१ करोडको बनेको हो ।

असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँको बजार अहिले ३० खर्ब ११ अर्ब ४१ करोडको बनेको छ ।

बजारमा सुचिकृत कूल शेयर संख्यालाई बजार मूल्यले गुणा गरी कुल बजार पुँजीकरण निकालिन्छ । अहिले बजार बढिरहेकाले अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । यही कारण कुल बजार पुँजीकरण पनि बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here