चन्द्रागिरी हिल्सको आइपीओमा आइतबार साँझसम्म कति पर्‍यो आवेदन ?

काठमाडौं, २६ पुस । चन्द्रागिरी हिल्सले प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा १२.२४ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म ८ लाख ६३ हजार ४४६ जना लगानीकर्ताले १ अर्ब ७० करोड ८७ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको १२.२४ गुणा धेरै आवेदन हो ।

हिल्सले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ विक्री खुला गरेको छ ।

निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here