सोमबार पनि प्रतितोला ८०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार प्रतितोला २,३०० रुपैयाँ घटेको छापावाल सुनको मूल्य सोमबार पनि ८०० रुपैयाँ घट्यो ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घट्यो । सोमबार चाँदीको कारोबार मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here