नेप्से साढे ३ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा पुग्यो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्सले पनि ०.९६ अंकले बढेर नयाँ रेकर्ड कायम गर्यो । आज सेन्सेटिभ इन्डेक्स ४२९.३९ अंकमा पुग्यो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

आज ट्रेडिङ, होटल, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त बाहेक अरु सबै समुहको सूचक बढ्यो । अन्य समुहको सूचक ०८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ०.७२ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक १.७५ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको १.२६ प्रतिशत बढ्यो ।

आज २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, नारायणी विकास बैंकको ९.९३ प्रतिशत, यूनाईटेड फाइनान्सको ९.७४ प्रतिशत बढ्यो ।

आज प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ बढेर २२५ रुपैयाँ पुग्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बहुउदेश्य फाइनान्सका शेयर धनी छन् फाइनान्सको शेयर मूल्य ५.९५ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकले गर्यो । बैंकले ४२ करोड ६१ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here