काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवदेन दिने आज अन्तिम दिन रहेको छ ।
हिल्सले पुस २४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।
कम्पनीको आइपीओमा हालसम्म मागभन्दा १५ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबारसम्म कम्पनीको आइपीओमा १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको सेयरभन्दा १५.०८ गुणा बढी हो ।
निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।