सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

कठमाडौं, १२ जेठ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार बैंकको पानवारीको शाखा कार्यालायको औपचारिक उद्घाटन गरे ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट सुरु भएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here