शेयर अभौतिकीकरण गराउन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

बैंकका ३ हजार एक सयभन्दा बढी शेयरधनीहरूले अझैसम्म पनि शेयर अभौतिकीकरण नगराएको बताउँदै तत्काल शेयर अभौतिकीकरण गराउनु भनेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा प्रदान गरेको नगद लाभांश र बोनस शेयर डिम्याट खाताको अभावमा सम्बन्धित खातामा जम्मा हुन नसकेको र भविष्यमा दिइने लाभांश पनि डिम्याट खाता नभइकन जम्मा नहुने भएकाले बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here