काठमाडौं । प्रभु लाइफको शेयर इन्स्योरेन्स मूल्यमा आजपनि पोजेटिभ सर्किट लागेको छ । मंगलवार इन्स्योरेन्सको शेयर मूल्य ९.७८ अंकले बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
आज इन्स्योरेन्सको शयर मूल्य २२ रुपैयाँले बढ्दै प्रतिकित्ता २४७ रुपैयाँ पुगेको छ ।
अहिलेसम्म शेयर बजार १६.९१ अंकले बढेर २२५६.३४ अंकमा पुगेको छ भने १९९ कम्पनीको ६३ लाख ४ हजार २८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोडको कारोबार भएको छ ।