किन बढ्यो आइफोन १२ को निर्माण खर्च ?

काठमाडौं । अमेरिकी स्मार्ट फोन निर्माता कम्पनी एप्पल आइफोनको पछिल्लो संस्करण आइफोन १२ को निर्माण खर्च बढेको छ । कम्पनीका अनुसार आइफोन ११ को तुलनामा आइफोन १२ को निर्माण मूल्य २१ प्रतिशत बढेको हो ।

आइफोन १२ को निर्माण मूल्य ४३१ डलर अर्थात ५२ हजार नेपाली रुपैयाँ छ ।

कम्पनीका अनुसार यो खर्च फोनमा जडान गरिएको नयाँ फिचर्स, फाइभजी टेक्नोलोजी र एप्पलको ‘ए फोर्टीन’ बायोनिक चिपसेटले बढेको हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here