नेप्से साढे २८ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, ५ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलवार नेप्से परिसूचक २८.५३ अंकले बढेर २२.६७.७३ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले बढ्दै ४ सय ३३.२८ अंकमा पुग्यो । यो संख्या अहिलेसम्मकै उच्च हो ।

मंगलबार ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ०.६१ प्रतिशत घट्यो । सबैभन्दा धेरै विद्युत समुहको सूचक बढ्यो । विद्युतको सूचक ३.६० प्रतिशत बढ्यो । त्यस्तै, जीवन बीमाको २.६७ प्रतिशत, निर्जीवन बीमाको २.६६ प्रतिशत बढ्यो ।

आज २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँको कारोबार भयो ।

मंगलबार सबैभन्दा धेरै आइएमइ जेनेरल इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, आरम्भ चौतारी लघुवित्तको ९.९८ प्रतिशत, कर्पोरेट विकास बैंकको ९.९३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रोका शेयर धनी छन् । नेपाल हाइड्रोको शेयर मूल्य ३.७८ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै कारोबार पईम इन्स्योरेन्स कम्पनीले गर्यो । कम्पनीले याँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here