डिम्याट खोल्नेको संख्या २५ लाख नजिक, एक महिनामा खुले २ लाख खाता

काठमाडौं, २९ पुस । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या २५ लाख नजिक पुगेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको तथ्यांक अनुसार मंगलबारसम्म २४ लाख ८७ हजार १०७ जनाले डिम्याट खाता खोलेका छन् । आइतबार २४ हजारले,सोमबार करिब १७ हजार जनाले खाता खोलेका छन् ।

माघ २ देखि पूर्वाधार बैंकको आइपिओ खुल्दैछ। ८ करोड कित्ता सर्वसाधारण समूहको सेयर खुल्ने भएकाले त्यसलाई लक्षित गर्दै खाता खोल्नेको संख्या बढेको विश्लेषकहर बताउँछन् ।

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

असार मसान्तसम्मा डिम्याट खाताको संख्या १७ लाख १४ हजार ४ सय ३२ जनाले मात्रै थियो । करिब ६ महिनामा यो संख्या साढे ७ लाखले बढेको देखिएको छ ।

पछिल्लो एक महिनामा २ लाख २० हजार नयाँ डिम्याट खाता खुलेको छ । अघिल्लो महिनामा औसत १ लाखको खाता खुल्ने गरेकोमा पुस महिनामा यो क्रम दोब्बर भन्दा बढी देखिएको छ ।

जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बनेको छ । चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । यो नै आइपीओमा आवेदनको नयाँ रेकर्ड हो ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ८२ हजार १४३ जनाको आवेदन परेको थियो।

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो। एक वर्ष अघि सम्म अधिकतम ५ लाख आवेदन पर्ने गरेको थियो । तथ्यांक अनुसार बैशाखदेखि मंसिरसम्मको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन् ।

जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here