सबै बैंक तथा वित्तीय संस्थामार्फत सेयरको अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं १२, जेठ । सेयर बजारमा अनलाइनमार्फत सबै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिने भएको छ । नेप्सेले आइतबारदेखि यस्तो व्यवस्था गरेको हो । हाल चार वटा बाणिज्य बैंकमार्फत मात्र विद्युतीय भुक्तानी हुँदै आएको छ ।

नेप्सेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत दैनिक बढीमा १० लाख रुपैयाँ बराबर भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

लगानीकर्ताको खाता रहेको बैंक तथा वित्तीय संस्था नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सदस्य भएको हुनुपर्नेछ ।

पहिलो चरणमा एनसीएचएलमा आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले सेयर ब्रोकरको खातामा अनलाइन भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here