कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्यो सहयोग

काठमाडौं २९ पुस । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि जनतासँग सहयोग अभियान शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना पजारी गर्दै कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको छ ।

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने भन्दै यससम्बन्धी सहयोगका लागि अग्रसरता लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुम बमोजिम गरिने उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।

मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

मिडियाले ओम्नी सँगको ठेक्कामा अनियमितता भएको प्रमाण सार्वजनिक गरेपछि ठेक्का सम्झौता रद्ध गरेको सरकारले ति सामानहरु बिध ल्याव नामको कम्पनी खोलेर बिक्री वितरण गरेको विषयमा भने सबै मौन छन् । ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेका गुणस्तरहिन सामान विध म्यानेजमेण्ट कम्पनीको नामबाट देशभर विक्री भएका थिए ।

त्यस्तै कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै संसदको लेखा समितिले ठहर गरेर मुद्धा हेर्न अख्तियारलाई निर्देशन दिएपनि सो फाइल अहिलेसम्म रोकेर राखिएको छ । सरकार, मन्त्रीहरु र कर्मचारी भ्रष्टाचारमा चुर्लुम्म डुबेर जनतालाई महामारीबाट बचाउन खोप किन्न पनि चन्दा माग्नु निर्लज्र्जताको पराकाष्टा भएको टिप्पणी आउन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here