शोधनान्तर १०६ अर्ब बचतमा, चालु खाता २१ अर्ब ३२ करोड रुपैयाँ घाटामा

काठमाडौं, २९ पुस । चालु खाता रु.२१ अर्ब ३२ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आई रु.४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई रु.४ अर्ब ५० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ५७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here