माघ ११ गतेदेखि सेयर कारोबारको राफसाफ ‘टी प्लस टु’ मै हुने

काठमाडौं, २ माघ । माघ ११ गतेदेखि सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ मा लागू हुने भएको छ । ११ गते देखिको कारोबारबाट सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउन लागिएको हो ।

सीडीएस र ब्रोकरबीच शुक्रबार भएको छलफलमा ‘टी प्लस टु’ माघ ११ गतेदेखि लागू गर्ने निर्णय भएको स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्ष सन्तोष मैनालीले क्लाउड पत्रिकालाई बताए ।

माघ ११ गतेको कारोबारबाट ‘टी प्लस टु’ लागू गर्ने समझदारी भएको छ, तथापी, यो सीडीएसको सञ्चालक समितिबाट भने पास हुन बाँकी नै रहेको जानकारी दिए ।

बोर्डले हाल कायम रहेको सेयर कारोबारको राफसाफ समय ‘टी प्लस थ्रि’ बाट घटाएर ‘टी प्लस टु’ मा गर्न सीडीएसलाई स्वीकृति दिएको थियो ।

यसअघि नेप्से र सीडीएस एन्ड क्लियरिङले संयुक्त रुपमा गरेको अध्यनले पनि टी प्लस २ मा राफसाफ गर्न सकिने प्रतिवेदन बोर्डमा पुर्‍याएको थियो । उक्त अध्ययन प्रतिवेदनमा धितोपत्र बोर्ड विनियमावली संशोधन स्वीकृत गरिदिनुपर्ने उल्लेख गरेको थियो ।

‘टी प्लस टु’ लागू भएसँगै सेयर खरिदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात ‘टी प्लस टु मा राफसाफ सक्नुपर्नेछ । यसले बजारलाई थप चलायमान बनाउने विशवाससमेत लिइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here