प्रभु लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता २७ रुपैयाँ बढ्यो

काठमाडौं, ४ माघ । प्रभु लाइफको शेयर इन्स्योरेन्स मूल्यमा आजपनि पोजेटिभ सर्किट लागेको छ । आइतबार इन्स्योरेन्सको शेयर मूल्य ९.९६ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

आइतबार इन्स्योरेन्सको शयर मूल्य २७ रुपैयाँले बढ्दै प्रतिकित्ता २९८ रुपैयाँ पुगेको छ । गत साता २० लाख भन्दा धेरैको माग भएको सो कम्पनीको शेयरमा आज भने त्यो माग घटेर १० लाख हाराहारीमा आएको छ ।

१३० बजेसम्म शेयर बजार १९.१२ अंकले बढेर २३०५.६६ अंकमा पुगेको छ भने २०२ कम्पनीको ८३ लाख ८६ हजार ९३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here