चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड यसै साता, ११ लाख बढी आवेदकले नपाउने

काठमाडौं, ४ माघ । चन्द्रागिरी हिल्सले गत साता निष्काशन गरेको आइपीओ यसै साता भित्र बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अहिले आइपीओ भर्नेको अन्तिम तथ्यांक संकलन भइरहेकाले यसै साता भित्र बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ ।

अन्तिम तथ्यांक आए पछि धितोपत्र बोर्डमा रिपोर्ट पठाइने क्यापिटलले जनाएको छ । बोर्डलाई जानकारी गराएपछि सम्भवत बुधबारसम्म प्रि अलोटमेन्ट गर्ने गरी काम भइरहेको जनाइएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा साढे १७ गुणा धेरै आवदेन परेको छ । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । सोमध्ये ११ लाख बढीले कम्पनीको सेयर नपाउने देखिएको छ ।

हिल्सले पुस २४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल आइपीओ मध्ये ६१ हजार ३६४ कित्ता ९४ प्रतिशत० कम्पनीका कर्मचारी, ७६ हजार ७०५ कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषकहरु र १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधरणका लागि छुट्याएको थियो ।

कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here